२९ पुष, नयाँ दिल्ली । चीन सरकारले भुटानसँग जोडिएको विवादित सीमामा २ सयभन्दा बढी संरचनासहितको बस्ती निर्माण गरिरहेको छ। सरकारले विभिन्न ६ वटा स्थानमा दुई तले भवनसहित अन्य संरचना अघि बढाइरहेको हो।
स्याटालाइट तस्बिरले देखाएअनुसार चीनले विवादित क्षेत्रमा विभिन्न निर्माणधिन संरचना अघि बढाइरहेको रोयटर्सले जनाएको छ। चीनले भुटानको पश्चिमी सीमा क्षेत्रमा ति संरचना निर्माण गरिरहेको हो।
स्याटेलाइट तस्बिरले देखाएअनुसार चीन सरकारले विवादित क्षेत्रमा सन् २०२० देखि संरचना निर्माण कार्य थालेको थियो । सो कार्य सन् २०२१ देखि तीब्र रुपमा अघि बढिरहेको छ।