गृहपृष्ठ Featured बाणगंगा- २ द्धारा एक हजार बढी विद्यार्थीलाई न्यानो पोसाक

बाणगंगा- २ द्धारा एक हजार बढी विद्यार्थीलाई न्यानो पोसाक

प्रकाशित मिति:

सागर वि.क.कपिलवस्तु, पुस २९ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ ले जनता मा.वि पिपरामा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो पोसाक(स्वीटर) वितरण गरेको छ । विहिबार आज वडाले एक कार्यक्रमका बीच बाल विकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने ५९८ जना विद्यार्थीहरुलाई न्यानो पोसाक(स्वीटर) वितरण गरेको हो ।

पुस २५ गते आईतबार पनि वडाले वडाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४ सय ६१ जना विद्यार्थीहरुलाई न्यानो पोसाक(स्वीटर) वितरण गरेको थियो । विहिबार पनि सोही कार्यक्रमलाई निरन्तरता दिदैं विद्यार्थीहरुलाई न्यानो पोसाक(स्वीटर) वितरण गरिएको वडा अध्यक्ष विष्णुप्रसाद पौडेलले बताउनुभयो । वडा न २ मा रहेका पञ्च आधारभुत विद्यालय बैजलपुर, कपिलवस्तु आधारभूत विद्यालय राजपुर, बालज्योति आधारभूत विद्यालय कप्टैया र पिपरा मा.वि.का एक हजार ५९ जना विद्यार्थीहरुलाई न्यानो पोसाक(स्वीटर) वितरण गर्ने कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो ।

जाडोमा विशेष गरि बालबालिका प्रभावित हुने भएकाले उनीहरुको स्वास्थ्यलाई मध्येनजर गरि न्यानो पोसाक वितरण गरिएको वडाध्यक्ष पौडेलको भनाई छ । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने प्रतिवद्धता जनाउनु भएको छ ।

वडाध्यक्ष पौडेलले न्यानो पोशाक (स्वीटर) वितरण गर्ने कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिनुभएको छ । वडाले लक्षित वर्गको कार्यक्रम अन्तर्गत बालबालिकासहित ज्येष्ठ नागरिक तथा गर्भवती महिलाहरुका लागी विशेष कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित् समाचार