गृहपृष्ठ Featured नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको बैठक सम्पन्न

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको बैठक सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाइन : नेपाली कांगे्रस जिल्ला कार्य समिति कपिलवस्तुको बैठक सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तौलीहवामा रहेको पार्टी कार्यालयमा भएको बैठकले बिभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ ।

बैठकले पार्टीलाई चलायमान बनाउन मातहतका कार्यसमितिहरुसगं समन्वय गरी पार्टीका आन्तरीक गतिविधि बढाउनुका साथै हरेक महिनाको ५ गते पार्टीको नियमित बैठक बस्ने निर्णय गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुका सचिव खोम बहादुर सिंह ठकुरी(शक्ति) ले वैखरी अनलाइनलाई जानकारी दिए ।

सााथै बैठकले कपिलवस्तु जिल्लाको समग्र बिकासका लागी प्रदेश सरकार र केन्द्र सरकारसगं पहल गरेर योजनाहरु ल्याउने निर्णय गरेको छ ।

बैठकमा जिल्ला सभापति अब्दुल कलाम खाँ, उपसभापति तथा अन्य पदाधिकारीहरु  लगायतले आ आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार