गृहपृष्ठ Featured अर्घाखाचीमा अवैध रुपमा सञ्चालन भइरहेको क्रसर बिप्लवले बन्द गरायो

अर्घाखाचीमा अवैध रुपमा सञ्चालन भइरहेको क्रसर बिप्लवले बन्द गरायो

प्रकाशित मिति:

अर्घाखाँची, २९ पुस । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले विभिन्न माग राख्दै सन्धिखर्क नगरपालिका वडा नं. ११ डिभर्नामा अवैध रुपमा सञ्चालन गरेको क्रसर उद्योग बन्द गरेको छ । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले विभिन्न ५ बुदे माग राख्दै कालो व्यानर टाँसेर डिभर्नामा अवैध रुपमा सञ्चालन गरेको क्रसर उद्योग बन्द गराएको नेकपा जिल्ला सदस्य बाबुराम नेपाली जानकारी गरेका छन।

डिभर्नामा ठेक्दार ऋषिराम अधिकारीले क्रेसर मेसिन संलन गर्दै आएका थिए । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला युवा नेता तथा सन्धिखर्क र भुमिका स्थान नगर इन्चार्ज तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नविन खड्काले आफुहरुले जिल्लाका सरोकारवाला निकायलाई पटक पटक जानकारी गराउँदा कुनै बास्ता नगरेको, मापदण्ड अनुसार काम नगरेको, प्राकृतिक सम्पदाको दोहन गरेको, राज्यलाई तिर्न पर्ने कर नतिरेको, विद्यालय नजिक अबैध रुपमा खोलेका कारण आफ्नो पार्टीले बन्द गर्नु परेको बताए ।

एउटा ठेकेदारले क्रसर खोलेर चलाउदा पनि सरकारी निकाए मौन बस्नुले दलाल संसदीय व्यवस्था असफलताको उदाहरण भएको बताए । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्तीले यो अबैध काम तत्काल नसच्चाए कडा प्रतिरोध गर्ने भन्दै यो व्यवस्था दलालको भएकाले जनताको व्यवस्था ल्याउन सम्पुर्ण नागरिक एक भएर लडने बताएका छन् ।

सम्बन्धित् समाचार