गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमा माघ २ गते आइतबार सार्वजनिक विदा

लुम्बिनी प्रदेशमा माघ २ गते आइतबार सार्वजनिक विदा

बुटवल : लुम्बिनी प्रदेश सरकारले आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ। माघे संक्रान्तीको अवसरमा लुम्बिनी प्रदेश सरकारले दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णयलाई निरन्तरता दिएपछि लुम्बिनीमा माघ २ गते आइतबार सार्वजनिक विदा हुने भएको हो ।

प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा प्रदेश सरकारको तर्फबाट माघ १ र २ गते प्रदेशभर सार्वजनिक विदा दिइँदै आएको छ ।

विगतका दिनमा प्रदेश सरकारको तर्फबाट पुस महिनाको अन्तिम दिन साँस्कृतिक झाँकीसहित माघे संक्रान्ति एवं माघी मिलन कार्यक्रम आयोजना गर्ने गरिएकोमा यस पटक कोभिड–१९ को तेस्रो लहर र ओमोक्रन भेरियन्टको त्रासले कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह बिकले जानकारी दिए ।

सम्बन्धित् समाचार