गृहपृष्ठ Featured एपीएफले हिमालयन शेर्पालाई १–० ले हरायो

एपीएफले हिमालयन शेर्पालाई १–० ले हरायो

प्रकाशित मिति:

काठमाडौं : आवास लामिछानेले गरेको एक मात्र गोलमा विभागीय टोली एपीएफले शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार हिमालयन शेर्पालाई १–० ले हराएको छ । जारी लिगमा शुरुको तीन खेल हारेको एपीएफले त्यसयता लगातार ६ खेलमा अपराजित यात्रा कायम राखेको छ । लिगमा एपीएफको यो दोस्रो जित हो ।

एपीएफले यसअघि फ्रेण्ड्स क्लबलाई पराजित गरेको थियो । तेस्रो चरणमा सातदोबाटो युथ क्लबसंग पराजित भएयता एपीएफ लगातार ६ खेलमा अपराजित छ ।

जितपछि एपीएफ ९ खेलबाट १० अंक जोड्दै आठौं स्थानमा उक्लेको छ । हिमालयन शेर्पा ९ खेलबाट ११ अंकसहित छैटौं स्थानमै छ ।

सम्बन्धित् समाचार