गृहपृष्ठ Featured एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

प्रकाशित मिति:

१ माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले शनिबार फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन् ।

यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई पनि संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो दुई सातायता तीव्र गतिमा फैलिएको कोरोना संक्रमणका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत संक्रमित भएका छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएका छन् ।

सम्बन्धित् समाचार