गृहपृष्ठ Featured दाङको तुलसीपुरमा एकैरातमा ११ पसलमा चोरी

दाङको तुलसीपुरमा एकैरातमा ११ पसलमा चोरी

प्रकाशित मिति:

दाङ : दाङको तुलसीपुरमा एकैरातमा ११ पसलमा चोरी भएको छ । तुलसीपुर बजारको सल्यान रोडमा रहेका ११ ओटा किराना पसलमा चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पसलबाट नगद, रिचार्ज कार्ड, रक्सी लगायत चोरी भएको छ । चोरले पौडेल किराना पसल, जुगार एण्ड बुढागाउँ इलेक्ट्रोनिक्स सप्लायर्स, भाग्यलक्ष्मी कन्सर्न, न्यु पञ्चकोसी इन्टरप्राइजेज लगायतका पसलका ताला फोडेका छन् ।

प्रहरीले ताला फोड्न प्रयोग गरिएको दुई थान सरिया समेत फेला पारेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले क्षतिबारे विवरण सङ्कलन गर्दै अनुसन्धान थालेको छ ।

सम्बन्धित् समाचार