गृहपृष्ठ Featured भोलिका लागि बोलाइएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

भोलिका लागि बोलाइएको राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं ।  राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको हो।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज एक सूचना जारी गर्दै राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेको भएको व्यहोरा जानकारी गराएका छन्।

यसअघि पनि राष्ट्रियसभाको बैठक बिशेष कारण देखाउँदै दुई पटक स्थगित भएको थियो।

सम्बन्धित् समाचार