गृहपृष्ठ Featured भारतको बिहारमा अवैध मदिरा सेवनबाट एकै गाउँका ८ मजदुरको मृत्यु

भारतको बिहारमा अवैध मदिरा सेवनबाट एकै गाउँका ८ मजदुरको मृत्यु

प्रकाशित मिति:

भारतको बिहार राज्यस्थित नालन्दामा अवैध मदिरा सेवनबाट कम्तीमा ८ जना मजदुरको ज्यान गएको छ। बिहारका मुख्य मन्त्री नितिस कुमारको गृह जिल्लामा अवैध मदिरा सेवनबाट एकै गाउँका कम्तीमा ८ मजदुरको ज्यान गएको हो।

मृतकहरुले नजिकैको निर्माण क्षेत्रमा कार्यरत मजदुर रहेको र मदिरा सेवनपछि बिरामी परेका र उनीहरुको मृत्यु भएको हिन्दुस्तान टाइम्समा खबर छ।
मृतकहरुले शुक्रबार राति अवैध मदिरा सेवन गरेको र शनिबार उनीहरुको ज्यान गएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मृतक सबैको सनाखत भइसकेको र मृतक सबै छोटी पलारी र पहर टल्लि गाउँका बासिन्दा रहेको नालन्द प्रहरीले जनाएको छ।

मृतकहरुसँगै सो समयमा अन्य ५० जनाले अवैध मदिरा पिएको प्रहरीले जनाएको छ। मदिरा सेवन गरेका अन्य चारजनाको अवस्था गम्भीर रहेको र उनीहरुको बिहार शरिफ सदर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सो घटनाबारे थप अनुसन्धान अघि बढाइएको बताइएको छ।

सम्बन्धित् समाचार