गृहपृष्ठ Featured स्वर्गीय न्यौपानेको स्मृतिमा कांग्रेसद्धारा शोक सभा सम्पन्न

स्वर्गीय न्यौपानेको स्मृतिमा कांग्रेसद्धारा शोक सभा सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तु जिल्लाको बाणगंगा १ वैरीयाका वरिष्ठ समाजसेवी स्वर्गीय लालमणि न्यौपानेको स्मृतिमा नेपाली कांग्रेसले शोक सभा सम्पन्न गरेको छ । नेपाली कांग्रेस बाणगंगाा नगरपालिका वडा नं.१ को आयोजनामा आज बैरियामा शोक सभा सम्पन्न भएको हो । शोक सभामा बोल्ने कांग्रेसका नेताहरुले स्वर्गीय लालमणि न्यौपानेले पार्टीप्रति पुर्याएको योगदान अतुल्नीय र अविस्मरणीय रहेको बताएका छन् ।

शोक सभामा पूर्वमन्त्री तथा भारतका लागी नेपाली राजदुत समेत रहेका दिपकुमार उपाध्याय, प्रतिनिधि सभा सासंद अत्तहर कमाल मुसलमान, पूर्व जिल्ला सभापति राजेश आचार्य, लुम्बिनी प्रदेश सासंद माला गोतामे, नेपाली कांग्रेस कपिलवस्तुका सचिव शक्ति सिंह ठकुरी, कपिलवस्तु क्षेत्र नं.१ (क) का सभापति दुर्गा के.सी., बाणगंगा नगर सभापति विष्णु थापा, वडा नं.१ की वडाध्यक्ष बाल कुमारी पन्त अधिकारी लगायतले शोक मन्तव्य राखेका थिए ।

कार्यक्रम वडा सचिव दिपेन्द्र वि.सी. को संचालन र सभापति राम प्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको कांग्रेस बाणगंगाका नगर सचिव सुर्य बरालले जानकारी दिए ।

बरिष्ठ समाजसेवि न्यौपानेको १०२ बर्षको उमेरमा यही पौष २६ गते निधन भएको थियो ।

सम्बन्धित् समाचार