गृहपृष्ठ Featured मोरङमा भरुवा बन्दुक र गोलीबारुदसहित एक पक्राउ

मोरङमा भरुवा बन्दुक र गोलीबारुदसहित एक पक्राउ

प्रकाशित मिति:

विराटनगर : तीनवटा भरुवा बन्दुक एवं ठूलो परिमाणमा गोलीबारुद सहित पक्राउ परेका मोरङको मिक्लाजुङ गाउँपालिका–५ का ६० वर्षीय ईन्द्र बहादुर राईलाई प्रहरीले आइतबार मोरङ अदालतमा उपस्थित गराएको छ ।

उनीविरुद्ध अदालतबाट हातहतियार खरखजाना कसूरमा ५ दिनको अनुसन्धान म्याद पाएको मोरङ प्रहरीका डीएसपी मञ्जिल मुकारुङले बताए ।

लेटाङ–९ स्थित बसन्त हरियाली सामुदायिक वनमा शिकार खेल्दै गर्दा ३० पुसको बिहान प्रहरीले उनलाई ३ नाल भरुवा बन्दुक, १८ वटा गोली, २ डब्बा बारुद, ५ पोका छर्रा र एक खुकुरीसहित पक्राउ गरेको थियो ।

मुकारुङका अनुसार उनले पुर्ख्यौली हतियार र गोलीबारुदलाई जिल्ला प्रशासनमा नबुझाई सिकार खेल्न प्रयोग गरिरहेका थिए । राईले स्थानीय जंगलमा चित्तल, बँदेल र चराचुरुङगीको सिकार गर्दैआएको प्रहरीको भनाइ छ ।

सम्बन्धित् समाचार