वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको दशौँ नगरसभा सुरु भएको छ । नगरपालिकाको आफनै भवन चार नम्बर जितपुरमा नगरसभा आजबाट सुरु भएको हो । सभामा हालसम्म नगरपालिका भित्र भएका बिकासका गतिविधि साथै नगरको भावी योजनाका बारे नगरका उप प्रमुख चक्र अर्यालले बताए । साथै अर्यालले नगरसभामा उठेका प्रश्नहरुको पनि जवाफ दिएका थिए ।
सभामा नगरसदस्यहरु इन्दीरा पन्त, कुल बहादुर सोमै, शारदा केसिले बोल्दै नगरभित्रका केही ठाउमा पुल नहुदा आवातजावातमा समस्या रहेको बताएका थिए । सो अवसरमा बाणगंगा नगरपालिकाका वडा नं. १ देखि ११ सम्मका वडा अध्यक्षहरुले समेत आआफ्नो धारणा राखेका थिए ।

सभाको अर्को बैठक माघ ९ गते आयोजना गर्दै यो अवधीमा बिकासका थप योजनाहरु छनोट गरेर थप निर्णय गरीने नगर प्रमुख मगंल प्रसाद थारुले वैखरी अनलाइनलाई जानकारी दिए । सो अवसरमा कोरोनाको महामारीका बिच आर्थिक बर्ष २०७७/७८ मा ९७.४४ प्रतिशत भौतिक र ८९ प्रतिशत बित्तिय प्रगति भएको बताइएको छ ।
सभामा हालै सरुवा भई आएका प्रमुख टेकराज पन्थी, आजै बिदा भएका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा नगरका कर्मचारीहरु पत्रकार अशोक पौडेल लगायतको सहभागिता रहेको थियो । सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल र लेखा अधिकृत रामचन्द्र मरासिनिलाई बिदाई तथा प्र.मु. प्रशासकीय अधिकृत टेकराज पन्थी र लेखा अधिकृत केशव राज गैरेलाई नगरमा स्वागत समेत गरिएको थियो ।








