काठमाडौं : पवन सर्राफको ब्याटिङ अनि दीपेन्द्र सिंह ऐरीको विस्फोटक बलिङमा नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टीयू अन्तर्राष्ट्रिय मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गरेर पुलिस उपाधि नजिक पुगेको हो ।
पुलिसले अब त्रिभुवन आर्मी र एपीएफबीचको खेलको विजेतासँग खेल्नेछ । पवन सर्राफले सुझबुझपूर्ण ब्याटिङ गर्दै ५९ रन बनाएपछि पुलिसले टस जितेर पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १५५ रन बनाएको थियो । नियमित ओपनर कुशल भुर्तेल सेमिफाइनलमा खेलेनन् । उनको स्थानमा शंकर रानाले खेलेका थिए । तर शंकर राना ८ र दीपेन्द्र सिंह ऐरी खाता नखोली चौथो ओभरमा आउट भएपछि पुलिसलाई झड्का लागेको थियो ।
१६औं ओभरमा नन्दन यादवले यो साझेदारी तोड्दै दुवैलाई आउट गर्दै बागमतीलाई खेलमा फर्काएका थिए । त्यसपछि बलिङमा दीपेन्द्र सिंह ऐरीले पाँच विकेट लिएपछि १५६ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो ।