गृहपृष्ठ Featured बुद्धभुमीका अधिकारीले गरेको अवैध डम्पीङबाट नगरलाई लिलाम गर्दा ६ लाख बढि आम्दानी

बुद्धभुमीका अधिकारीले गरेको अवैध डम्पीङबाट नगरलाई लिलाम गर्दा ६ लाख बढि आम्दानी

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्ध यशोधरा सामुदायिक बनका कोषाध्यक्ष शशि अधिकारीले अवैध रुपमा जम्मा गरेको ढुङ्घा लिलाम गरेर ६ लाख रुपैया लिएको छ । बुद्धभुमी नगरपालिकाले उनले रातको समयमा तत्कर गरेर डम्पीङ गरेको नदीजन्य पदार्थबाट उतm रकम पाउन सफल भएको हो ।
अधिकारीले रातको समयमा नदीजन्य पदार्थ चोर्ने र सामुदायिक बनभित्र नदेखिने ठाउमा डम्पीङ गर्दै आएका थिए । उनले बिगत ६ बर्षबाट नदीजन्य पदार्थको चोरी निकासि गर्दै आएका थिए ।
उनले त्यसरी रातको समयमा लुकिछिपि करिव ४ सय भन्दा बढि टाली टेक्टर ढुङगा डम्पीङ गरेको त्यहाका स्थानिय बताउछन ।

७० लाख बढि हिनामिना समेत गरेका बुद्ध यशोधरा सामुदायिक बनका कोषाध्यक्ष शशि अधिकारीले रातको समयमा नदीजन्य पदार्थको चोरी गरी डम्पीङ गर्ने गरेको समाचार वैखरी अनलाइनबाट प्रकाशित भएपछि नगरपालिकाले एक्सन लिदैँ नगरपालिकाले लिलाम गरेको बताइएको छ ।

सम्बन्धित् समाचार