गृहपृष्ठ Featured प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

प्रकाशित मिति:

काठमाडौं : नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ दोस्रोपटक च्यापियन बनेको हो ।

एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो । एपीएफविरुद्ध खराब सुरुआत गरेको पुलिसका लागि चौंथो नम्बरमा क्रिजमा उत्रिएका दीपेन्द्रसिंह ऐरीले संघर्षपूर्ण इनिङ्स खेल्दै सर्वाधिक ६५ रन बनाए ।

यस्तै, दिलिप नाथले २३ रन जोड्दा आरिफ शेखले १२ रन बनाए अनिल शाह १० रन आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका किशोर महतोले सर्वाधिक ३ विकेट लिए ।

यता, अविनाश बोहरा, दीपक बोहरा र अमर राउटेलाले १/१ विकेट लिए ।

सम्बन्धित् समाचार