गृहपृष्ठ Featured राजधानी घोषणाको १६ महिनापछि लुम्बिनी प्रदेशको गुरुयोजना तयार

राजधानी घोषणाको १६ महिनापछि लुम्बिनी प्रदेशको गुरुयोजना तयार

प्रकाशित मिति:

बुटवल : प्रदेशसभाले राजधानी घोषणा गरेको १६ महिनापछि लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजना तयार भएको छ । अब यसलाई अन्तिम रुप दिन मात्र बाँकी छ । प्रदेश सरकारका अनुसार गुरुयोजनाको खाका करिब तयार भएको र माघको दोस्रो साता सम्पन्न गर्ने गरी अहिले परामर्शदाताबाट अन्तिम रुप दिने काम भइरहेको छ ।

लुम्बिनी प्रदेश सरकारले ७९ लाख रुपैयाँको लागतमा गुरुयोजना निर्माण गरेको हो । अब यसले अन्तिम रुप लिएपछि कार्यान्वयनको चरणमा जाने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए । गुरुयोजना अन्तर्गतका संरचना निर्माणका लागि संघीय सरकारले एक अर्ब रुपैयाँ उपलब्ध गराउने छ । ‘संघीय सरकारबाट एक अर्ब रुपैयाँको स्रोत सुनिश्चित भइसकेको छ, बाँकी रकम प्रदेश सरकारले खर्च गरेर संरचना निर्माण गर्ने योजना छ’, प्रदेश सरकारका प्रवक्ता शर्माले भने ।

भालुवाङको पुलबाट दक्षिणतर्फ राप्ती नदीका दुवै किनारमा तटबन्ध गरी दुवैतर्फ १००र१०० मिटर चौडा सडक बनाइने गुरुयोजनामा उल्लेख छ ।

गुरुयोजनाअनुसार नदी किनारमा गगनचुम्बी भवन निर्माण हुनेछ भने प्रशासनिक क्षेत्रमा बुद्ध आकृति देखिने गरी नक्शा निर्माण गरिनेछ । नक्शा बनाउने काम अहिले सितारा इकोर्ड टेक्नोक्याक्ट्र परामर्शदाताले गरिरहेको छ ।

सम्बन्धित् समाचार