गृहपृष्ठ Featured रोल्पामा हँसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या

रोल्पामा हँसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या

प्रकाशित मिति:

रोल्पा : रोल्पामा एक महिलाले हँसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या गरेकी छन् । सुनछहरी गाउँपालिका–६ झिरबाङकी ४१ वर्षीया मिना पुन मगरलले ४५ वर्षीय पति काले पुन मगरको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मिनाले ढुङ्गा प्रहार गरी पतिको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

महिलाको मानसिक सन्तुलन ठीक नभएको वडाध्यक्ष अमरजित पुनले बताउनुभयो ।

गोठमा पतिपत्नी मात्र भएको र पति सुतिरहेको बेला एक्कासि हँसिया र ढुङ्गा प्रहार गर्दा ज्यान गएको बताइएको छ ।

सम्बन्धित् समाचार