गृहपृष्ठ Featured बुटवल उपमहानगरपालिकाको प्रशासकीय भवन उद्घाटन

बुटवल उपमहानगरपालिकाको प्रशासकीय भवन उद्घाटन

प्रकाशित मिति:

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रशासकीय भवन आज उद्घाटन भएको छ । नवनिर्मित प्रशासकीय भवनको आज पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उद्घाटन गर्दै विकासको लागि सबै तहका जनप्रतिनिधि एकजुट हुनुपर्ने बताए ।

उनले रुपन्देही जिल्ला विकासमा अगाडि बढ्दै गएको बताउँदै सबै तहका र सबै पार्टीका जनप्रतिनिधि एकजुट भएर काम गर्नुपर्ने बताए । पौडेलले कोभिड महामारीका कारण भवनको उद्घाटन भर्चुअल विधिबाट गरेका हुन् । उनी आफै पनि कोभिड सङ्क्रमित भएपछि काठमाडौँ नै बसेर आराम गरिरहेका छन् ।

नगरप्रमुख शिवराज सुवेदीले महानगरीय अवधारणाका साथ बुटवलले नयाँ भवन निर्माण गरेको दाबी गरेका छन् । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको उनले बताए ।

करिब तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य छ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार