गृहपृष्ठ Featured लोकसेवा आयोगका निर्धारित परीक्षाबारे भोलि निर्णय हुने

लोकसेवा आयोगका निर्धारित परीक्षाबारे भोलि निर्णय हुने

काठमाडौं : देशभर कोरोना संक्रमण बढेपछि लोकसेवा आयोगले पूर्वनिर्धारण गरेका परीक्षा सञ्चालनबारे छलफल थालेको छ । यस विषयमा शुक्रबार बस्ने आयोगको नियमित बैठकमा छलफल हुने लोकसेवा आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए ।

सम्भवतः भोलि बस्ने बैठकले परीक्षा स्थगितको निर्णय गर्ने बताइएको छ । सहप्रवक्ता सुवेदीले भने, ‘अहिले कोरोना संक्रमणदर अत्यधिक बढेको छ । प्रशासनले भीडभाड नगर्न पनि भनेको छ । हामीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिरहेका छौं । तर, संक्रमण तीव्र बढेका कारण परीक्षा स्थगित या सञ्चालनबारे भोलिको बैठकमा छलफल हुन्छ ।’

आयोगले हाल संगठित संस्थाहरुको परीक्षा सञ्चालन गरिरहेको छ। आजै लोकसेवा आयोग बागमती प्रदेशले माघ ८ गतेदेखि संचालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

सम्बन्धित् समाचार