गृहपृष्ठ Featured विकासका काममा भन्दा प्रचारमा लगानी गर्दै कांग्रेस निकट वडाध्यक्ष गैरे

विकासका काममा भन्दा प्रचारमा लगानी गर्दै कांग्रेस निकट वडाध्यक्ष गैरे

प्रकाशित मिति:

वैखरी अनलाइन : कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरे काम भन्दा आफनो प्रचारप्रसारमा  ब्यस्त रहेको पाइएको छ । वडा अध्यक्ष गैरेले आफनो लगानीमा तौलिहवाको बुद्ध ज्योति बोर्डिङ स्कुल सञ्चालन गरेका छन ।  उनी वडा अध्यक्ष भएपछि समय नदिदाँ वडाबासी रुष्ट छन् ।

वडामा आए पत्रकारलाई बोलाएर प्रचार गर्ने गैरे आफुलाई काम गरेर भन्दा मिडियाबाट प्रचार गर्ने गरेको पाइएको छ । उनले आफनो प्रचार गर्ने पत्रकारलाई नगदसहित सम्मान गर्ने समेत ब्यवस्था गरेका छन् । उनी वडाध्यक्ष भएपछि जनताको सेवा भन्दा आफ्नो प्रचारमा लागेको पाइएको छ ।

जनताको सेवामा समर्पित हुनुपर्ने वडाध्यक्ष यसरी प्रचारप्रसारमा मात्र व्यस्त हुदाँ वडावासीहरुले विकासको महसुस गर्न पाईरहेका  छैनन् ।

वडाध्यक्ष रहेका गैरेले ठेक्कापट्टामा लगानी गरी आन्तरीक रुपमा त्यस क्षेत्रका स्थानिय, प्रहरी र पत्रकारलाई केही रकम दिएर मिलाउने जिम्मा लिएको पाइएको छ । पत्रकार महासघंका अध्यक्षदेखि जिल्लाका सबै पत्रकारलाई आफुले नियन्त्रणमा लिएको उनी बताउछन ।

कुनै सिफारिसमा हस्ताक्षर गर्न आयो, घण्टौ कुर्नु पर्छ र अन्त्यमा भोली या पर्सि आउनु भन्दै वडाध्यक्षले टार्ने गरेको एक स्थानियले बताए ।

सम्बन्धित् समाचार