गृहपृष्ठ Featured एकैदिन थपिए १० हजार ७०३ जना कोरोना संक्रमित

एकैदिन थपिए १० हजार ७०३ जना कोरोना संक्रमित

प्रकाशित मिति:

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ८ हजार ८१५ र एन्टिजेन परीक्षणबाट १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर ६५ हजार ३ सय ७४ जना कोरोनाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ छ।

यस्तै ७६६ जना संक्रमणबाट मुक्त भएका छन्। कोरोनाबाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख १९ हजार ५ सय ७५ पुगेको छ।

यस्तै कोरोनाबाट निको हुनेको दर ९१.४ प्रतिशत छ। काठमाडौं उपत्यकामा ५२९९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ संक्रमित थपिएका छन्।

सम्बन्धित् समाचार