मुम्बईको २० तल्ले भवनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा परी १५ जना सख्त घाइते भएका छन्। मुम्बईको तारदेवो क्षेत्रमा रहेको कमला भवनको १८ औं तल्लामा शनिवार बिहानै आगो लाग्दा उक्त घटना भएको भारतीय सञ्चार माध्यम टाइम्स आफ इन्डियाले जननाएको छ।
गोवालिया ट्यांकको गान्धी अस्पातल नजिकैको क्षेत्रमा उक्त घटना भएको हो। घटनाबारे विस्तृत जानकारी आइनसकेको भारतीय प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि १३ दमकम उक्त क्षेत्रमा तैनाथ गरिएको बताइएको छ।








