दाङ : लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको प्रदेश पूर्वाधार विकास प्राधिकरणमा दुई जना प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन्। दुई सरकारले फरक समयमा नियुक्त गरेका ती सीईओ एक कार्यालयका हुन्।
वर्तमान सरकारले हटाएका तर पुरानो सरकारले नियुक्त गरेका सीईओलाई अदालतले नहटाउन अन्तरिम आदेश जारी गरेपछि यो अवस्था आएको हो। अहिले विकास प्राधिकरणमा अनन्तराज घिमिरे र ध्रुव मजगैयाँ सीईओ छन्। घिमिरेलाई वर्तमान गठबन्धन सरकारले मजगैयाँलाई हटाएर नियुक्त गरेको थियो। दुई साताअघि अदालतले मजगैयाँलाई पुनर्बहाली गरिएको हो।








