गृहपृष्ठ Featured भारतको मुम्बईमा एउटा भवनमा आगलागी : ज्यान गुमाउनेको संख्या ६ पुग्यो

भारतको मुम्बईमा एउटा भवनमा आगलागी : ज्यान गुमाउनेको संख्या ६ पुग्यो

भारतको मुम्बईमा एउटा भवनमा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । मुम्बईको तारदेवमा रहेको एउटा २० तले भवनमा शनिबार बिहान आगलागी भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । कमला भवनको १८ औँ तलाबाट आगलागी भएको हो ।

६ जनाको ज्यान गएको र २८ जना घाइते भएका इन्डिया टुडेले जनाएको छ । घाइतेको भाटिया अस्पतालमा उपचार भइरहेको छ । १३ दमकल तथा सातवटा पानीका जेटले आगो निभाएका छन् ।

आगलागीको कारण भने खुलेको छैन ।

सम्बन्धित् समाचार