गृहपृष्ठ Featured अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट, ४ महिलासहित ७ जनाको मृत्यु

अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट, ४ महिलासहित ७ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं : अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।

हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो । अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय संकटको अवस्था सिर्जना भएको विवरणहरु सार्वजनिक भइरहेका छन् ।

सम्बन्धित् समाचार