काठमाडौं : २४ घण्टामा ६ हजार ४६२ नयाँ संक्रमित भएका छन् भने १ हजार ४१६ संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा एन्टिजेन र पीसीआर विधिबाट गरिएको १७ हजार ४३७ परीक्षण हुँदा ६ हजार ४६२ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो ।
१३ हजार ३७७ पीसीआर परीक्षण हुँदा ५ हजार ५५८ र ४ हजार ६० एन्टिजेन परीक्षणमा ८६४ जनामा संक्रमण देखिएको हो ।
२४ घण्टामा ४ जनाको मृत्यु भएको छ । शनिबार १६ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार २४ घण्टामा ४९ हजार ४७३ ले खोप लगाएका छन् । सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।