गृहपृष्ठ Featured गैँडा खाडलमा परी मरेकोबारे छानविन गर्न कार्यदल गठन

गैँडा खाडलमा परी मरेकोबारे छानविन गर्न कार्यदल गठन

प्रकाशित मिति:

काठमाडौं : वन तथा वातावरण मन्त्रालयले आईतबार चितवनमा गैँडा मरेको घटना छानविन गर्न वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यलदमामा वन तथा वातावरण मन्त्रालयका उपसचिव रामजी दनाई,राष्ट्रिय निकुञ्ज विभागका दिल बहादुर पुर्जा, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल सदस्य रहेका छन्।

मन्त्रालयले १० दिन भित्र घटनाको छानविनगरी यथार्थ विवरण पेश गर्न कार्यदललाई निर्देशन दिएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारको क्रममा खनिएको खाडलमा परी गैँडा मरेको थियो।

सम्बन्धित् समाचार