गृहपृष्ठ Featured रुपन्देहीको देवदहमा २ जना मृत भेटिए

रुपन्देहीको देवदहमा २ जना मृत भेटिए

प्रकाशित मिति:

बुटवल : रुपन्देहीको देवदहमा २ जना मृत भेटिएका छन् । देवदह नगरपालिका ९ को पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाह पुल नजिकको जंगलमा एक बालिका र महिलाको शव फेला परेको हो ।

मध्यान्ह १२ बजे रगताम्य अवस्थामा सडकको डिलमा शव देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए । मृतकहरूको पहिचान खुलेको छैन । महिला अन्दाजी २५ वर्षीया छिन् भने बालिका करिब ७ वर्षीया छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले विभत्स अवस्थामा शव भेटिएको बताए । अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोजकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । कसले र किन हत्या गर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार