गृहपृष्ठ Featured नेपालका पूर्वक्रिकेट प्रशिक्षकको निधन

नेपालका पूर्वक्रिकेट प्रशिक्षकको निधन

काठमाडौँ : नेपालका पूर्वक्रिकेट प्रशिक्षक अल्ताफ बलुचको निधन भएको छ । पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले मंगलबार बलुचको ६८ वर्षको उमेरमा सोमबार निधन भएको जनाए पनि निधनको कारण खुलाएको छैन ।

पाकिस्तानका लागि सन् १९६९ मा बलुचले १६ वर्षको उमेरमा ढाकामा न्युजिल्यान्डविरुद्ध टेस्ट डेब्यु गरेका थिए । त्यसको ६ वर्षपछि वेस्ट इन्डिजविरुद्ध लाहोर खेलिएको टेस्ट बलुचको दोस्रो तथा अन्तिम बन्न पुगेको थियो ।

बलुच सन् २००१ मा नेपालको प्रशिक्षक रहेका थिए । उनको प्रशिक्षणमा नेपालले शक्ति गौचनको कप्तानीमा बंगलादेशमा एसीसी यू–१७ एसिया कप खेलेको थियो । उनी नेपालको प्रशिक्षकको रुपमा राष्ट्रिय टोलीलाई २००१ मा क्यानाडामा आईसीसी ट्रफी (विश्वकप छनोट) मा उतार्ने क्रममा थिए ।

 

 

 

सम्बन्धित् समाचार