गृहपृष्ठ Featured एकैदिन थपिए ८४५४ संक्रमित, सक्रिय संक्रमित ९० हजार नाघ्यो

एकैदिन थपिए ८४५४ संक्रमित, सक्रिय संक्रमित ९० हजार नाघ्यो

काठमाडौं : नेपालमा थप ८४५४ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि २० हजार ३५९ जनाको नमुना परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ हजार ४३३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ५ जना संक्रमितको मृत्यु भएको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित् समाचार