बाक्लो कुहिरोका कारण जापानको राजधानी टोकियोनजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेस–वेमा १२ वटा सवारीसाधन अड्किँदा १९ जना घाइते भएका छन्। धेरै सवारी थुप्रिएर बिहीबार सो दुर्घटना भएपछि बिहान ८ बजे स्थानीय प्रहरीलाई खबर गरिएको थियो।
प्रत्येक दिशामा एउटै लेन भएको उक्त एक्सप्रेस–वेको एक खण्डमा किसराजु सहरको मेट्रोपोलिटन इन्टर–सिटी एक्सप्रेस–वेमा दुर्घटना भएको हो। स्थानीय प्रहरीका अनुसार बाक्लो कुहिरोका कारण चालकलाई बाटो देख्न मुस्किल परेको थियो। जसले गर्दा गाडीहरू एकै ठाँउमा थुप्रिएकाले दुर्घटना भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। -रासस