गृहपृष्ठ Featured बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

बैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री मौनी राय

बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन्। उनले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन्। दुवैले आज गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा लगनगाँठो कसेका हुन्।

कलाकार अर्जुन बिजलानीले मौनीको बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका छन्। अर्जुन मौलीको प्रि(वेडिङ सेरेमोनीदेखि नै गोवामा छन्। मौनी र सूरजको प्रि-वेडिङ सेरेमोनी पनि गोवामा भएको थियो।

कोभिड-१९ का कारण सीमित मानिसहरुबीच बिहे सम्पन्न गरिएको छ। साथै, विवाहमा आएका सबै अतिथिहरुसँग आरटी-पीसीआर रिपोर्ट पनि मागिएको थियो। आज साँझ पनि उनीहरुको बंगाली रितीरिवाजका साथ बिहे हुने बताइएको छ।

सुरज र मौनी लामो समयदेखि प्रेमसम्बन्धमा थिए। कर्नाटक स्थायी घर भएका सूरज दुबईमा इन्भेस्टमेन्ट बैंकरका साथै सिभिल इन्जिनियर पनि हुन्। उनीहरुको रिसेप्सन पार्टी भने मुम्बईमा हुने बताइएको छ।

टिभी सिरियलमा ‘नागिन’को भूमिकाबाट चर्चामा आएकी मौनी आगामी फिल्म ‘ब्रम्हास्त्र’मा देखिँदैछन्।

सम्बन्धित् समाचार