गृहपृष्ठ Featured निर्वाचित भएको जोशमा स्मार्ट सिटी घोषणा, कार्यकाल सकिँदासम्म भेलामै सिमित

निर्वाचित भएको जोशमा स्मार्ट सिटी घोषणा, कार्यकाल सकिँदासम्म भेलामै सिमित

प्रकाशित मिति:

पाल्पाको तानसेन नगरपालिकाले चार वर्ष अघि वडा नं ५ बन्दिपोखरा धरमपानीलाई स्मार्ट सिटी बनाउने घोषणा ग¥यो। निर्वाचित भएको जोशमा नमुना बस्ती घोषणा गरेका प्रतिनिधिले अहिलेसम्म एउटा भेला गर्नबाहेक अन्य काम गर्न सकेका छैनन्। स्मार्ट सिटी घोषणा भएको बेलाभन्दा यहाँको अवस्था झनै बिग्रिएको छ।

नमुना बस्ती निर्माण कार्यान्वयन समितिका संयोजक एकीकृत माओवादी केन्द्रका जिल्ला नेता नेत्रप्रसाद पाण्डेले नगरपालिकाले एक दिन छलफल गरेपछी कुनै मतलब नै नगरेको बताए।

तानसेन–५ स्थित लक्ष्मी माविमा स्थानीयको आमभेलामा नगर प्रमुख अशोककुमार शाहीले नमुना बस्ती विकासका लागि कार्यान्वयन समिति निर्माण गरी औपचारिक रुपमा काम सुरु भएको बताएका थिए। स्मार्ट सिटी निर्माणमा तानसेन नगरपालिकाले नियुक्त गरेको कन्सल्टेन्टसहितको सहभागितामा स्थानीयको भेलासमेत भएको थियो।

तानसेन नगरपालिकाको बजार क्षेत्रमा बस्ती विकासको सम्भावना कम भएकाले यस भेगमा काम अगाडी बढेको बताइएको थियो। तर, चार वर्ष बित्दा स्मार्ट सिटीका विषयमा नगरपालिकामा सवालसमेत हुन छाडेको छ।

भेलामा सहभागी भएका स्थानीय सुदिप खत्रीले एउटा भेलापछी स्मार्ट सिटीको विषयमा छलफल नै नभएको बताए।

शतप्रतिशत खानेपानीको सुविधा, शौचालयको व्यवस्था, ५० शय्याको अस्पताल, एकीकृत व्यवसायिक केन्द्र, सपिङ मल, पाँच प्रतिशत हरियाली क्षेत्र, प्रत्येक घरमा रुख, ठाउँठाउँमा निश्चित खुला क्षेत्र स्मार्ट सिटीका मापदण्ड हुन्। सरकारले आवासीय, प्रशासनिक कार्यालय र औद्योगिक क्षेत्र व्यवस्थित तथा छुट्टाछुट्टै हुनुपर्ने, प्रत्येक घरमा यातायातको सहज पहुँच, प्रत्येक व्यक्ति सूचना प्रणालीमार्फत् राजश्व प्रणालीमा जोडिने, चुस्त दुरुस्त पारदर्शी प्रशासन, नवीकरणीय ऊर्जाको प्रयोग जस्ता मापदण्ड तोकेको छ।

सम्बन्धित् समाचार