विद्रोहिको आक्रमणमा परेर १० पाकिस्तानी सैनिकको मृत्यु भएको छ। बलुचिस्तान प्रान्तस्थित दक्षिणपश्चिमी बन्दरगाहनजिकै पाकिस्तानी सेनाको चौकीमा भएको आक्रमणमा परि दश सैनिकको मृत्यु भएको हो।
सो आक्रमण केच जिल्लाको ग्वादर बन्दरगाहमा भएको हो। पाकिस्तानी सरकारविरुद्ध लडिरहेका जातिय समूह बलुच विद्रोहिले सो आक्रमण गरेको रोयटर्सले जनाएको छ।
गएको मंगलबार साँझ भएको सो घटनाबारे शुक्रबार पाकिस्तानी प्रधामन्त्री इमरान खान र पाकिसतानी सेनाले जानकारी दिएको बताइएको छ। प्रधानमन्त्री खानले सो आक्रमणमा मरेका सैनिकलाई शुक्रबार सलामी दिएर शहिद घोषणा गरेको बताइएको छ। घटनाको जिम्मेवारी बलुच लिवरेसन फ्रन्टले लिएको बताइएको छ।
जातीय समूह बलुचले दशकौंदेखि अलग राज्यको माग गर्दै पाकिस्तानी सरकारविरुद्ध लडिरहेको छ।