काठमाडौँ : बलिउड अभिनेता सञ्जय दत्त चाँडै नै समिर कार्णिकको कमेडी अनटाइटल फिल्ममा देखिँदैछन् । यो फिल्ममा उनी अभिनेता सुनिल शेट्टीसँग प्रमुख भूमिकामा रहनेछन् । यो जोडी पछिल्लोपटक ११ वर्ष अघि फिल्म ‘नो प्रोब्लम’मा देखिएका थिए ।
सञ्जय र सुनिलको अभिनय रहने फिल्ममा ‘यमला पगला दिवाना’ निर्देशक समिर कार्णिकको निर्देशन रहने छ । फिल्ममा इशा गुप्ता, जायद खान, सौरभ शुक्ला र जावेद जाफरीको पनि अभिनय रहने छ । फिल्मको छायांकन उत्तर भारतमा गरिने छ ।
समाचारअनुसार फिल्ममा सञ्जय कलाकारसँगै निर्माता पनि रहनेछन् । हाल फिल्मको प्री–प्रोडक्सनको काम जारी छ र यही गर्मी सिजनमा फिल्म फ्लोरमा जाने छ । फिल्म पञ्जाबमा सुटिङ गरिने भनिए पनि हालका लागि सुटिङ लोकेसन लक गरिएको छैन ।
सञ्जय र सुनिल ‘रुद्राक्ष’, ‘रक्त’, ‘कांटे’, ‘शूटआउट एट लोखण्डवाला’, ‘अनर्थ’ जस्ता फिल्ममा देखिइसकेका छन् । सञ्जय फिल्म ‘पृथ्वीराज’, ‘केजिएफ २’ जस्ता फिल्ममा देखिँदैछन् । सुनिल अघिल्लो वर्ष फिल्म ‘मुम्बइ सागा’मा देखिएका थिए । उनी सन् २०२२ मा तमिल हिन्दी फिल्म ‘घनी’मा देखिँदैछन् ।








