गृहपृष्ठ Featured ज्ञानचन्द्र आचार्य भए बेलायतको राजदूतमा नियुक्त

ज्ञानचन्द्र आचार्य भए बेलायतको राजदूतमा नियुक्त

प्रकाशित मिति:

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी हुन् ।

सचिवबाट अवकाश पाएका आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर काम गरेका व्यक्ति हुन् । शेरबहादुर देउवाले नै २०७४ सालमा प्रधानमन्त्री हुँदा आचार्यलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए ।

सम्बन्धित् समाचार