गृहपृष्ठ Featured चार बजे पुनः बस्ने गरी गठबन्धनको बैठक सकियो

चार बजे पुनः बस्ने गरी गठबन्धनको बैठक सकियो

प्रकाशित मिति:

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न चार बजे पुनः बस्ने गरी सकिएकोे छ। शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ। अपराह्न ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्ने बताइएको छ।

स्थानीय तहको निर्वाचन मात्र नभई तीनवटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भइरहेको छ भने वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग छ।

 

सम्बन्धित् समाचार