गृहपृष्ठ Featured सत्तासाझेदार दलको बैठक सुरु

सत्तासाझेदार दलको बैठक सुरु

प्रकाशित मिति:

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ। स्थानीय निकाय निर्वाचनलगायतका विषयमा विचार–विमर्श गर्न गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रारम्भ भएको हो।

आज बिहानको बैठक निष्कर्षमा पुग्न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताहरूको उपस्थिति रहेको छ। पार्टीको काम विशेषले काठमाडौंबाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएका बताइएको छ। -रासस

सम्बन्धित् समाचार