गृहपृष्ठ Featured कपिलवस्तु साइक्लिङ संघ गठन, अध्यक्षमा गौरी चयन

कपिलवस्तु साइक्लिङ संघ गठन, अध्यक्षमा गौरी चयन

प्रकाशित मिति:

तौलिहवा : कपिलवस्तुको साइक्लिङ संघको अध्यक्षमा नसीरुद्दीन गौरी चयन भएका छन् । कपिलवस्तुको तौलिहवामा भएको एक कार्यक्रममा बिच कपिलवस्तु साइक्लिङ संघ गठन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर चौधरी, उपाध्यक्षमा विष्णु घिमिरे, महासचिवमा जियाउल हक र सचिव पदमा सुचेता शाक्य चयन भएका हुन् । त्यस्तै संघको कोषाध्यक्षमा बाल कृष्ण त्रिपाठी, सह कोषाध्यक्षमा संजय मल्ल तथा सदस्यहरुमा कृष्ण गुप्ता, अर्जुन बर्मा, गणेशलाल कर्ण, बालगोविन्द त्रिपाठी, समीर हमाल र राजु लम्साल शर्मा रहनुभएको छ ।

त्यस्तै वरिष्ठ सल्लाहकारमा दिनेश हमाल, कानुनी सल्लाहकारमा मिन पोख्रेल, प्रेस सल्लाहकारमा मनोज श्रीवास्तव, सल्लाहकारमा निरञ्जन पौडेल र राधेश्याम कान्दु रहेका छन् ।

कार्यक्रम जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष मोहित मिश्रको अध्यक्षता, लुम्बिनी प्रदेश खेलकुद विकास परिषद सदस्य सन्तोष कुमार कसौधनका प्रमुख अतिथ्यता, कपिलबस्तु नगरपालिका वडा नं। ३ का वडाध्यक्ष प्रकाश गैरे, कपिलबस्तु जिल्ला व्याडमिन्टन संघको अध्यक्ष दिनेश हमालको विशिष्ठ अतिथ्यता र तौलिहवा उद्योग वाणिज्य संघका उपाध्यक्ष मोहम्द जाहिद खाँको अतिथ्यतामा भएको थियो ।

सम्बन्धित् समाचार