धरान : धरानको विभिन्न ठाउँबाट प्रहरीले ब्राउन सुगरसहित ७ जनालाई पक्राउ गरेको छ। संघीय प्रहरी ईकाई कार्यालय धरान र ईलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरुलाई हिजो ९आइतबार० बेलुकी विभिन्न ठाउँबाट पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय धरानका अनुसार बेलुकी करिब ५ बजे धरान १३ स्थित शिवधारा बेसक्याम्प टोलबाट ४ जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको थियो। बिशेष सुचनाको आधारमा स्थानीय नरेश मगरको घरमा तलासी लिदा ब्राउन सुगर भेटिए पछि कोठा रहेकाहरु २९ वर्षीय भरत मगर, २७ वर्षीय ओमप्रकाश लिम्बु, २६ बर्षीय सुजन श्रेष्ठ र ३० वर्षीय मन्दिर मगर पक्राउ परेको पनि प्रहरीले जानकारी दिएको छ।
प्रहरी निरीक्षक हेमराज ओलीका अनुसारकाठको पलङमाथि सिरानी मुनि सेतो प्लाष्टिक भित्र लुकाएर राखेको अवस्थामा ब्राउन सुगर र १ थान डिजिटल तराजु फेला परेको छ। पक्राउ परेकाहरुको साथबाट २० ग्राम ब्राउन सुगर वरामद भएको ओलीले जानकारी दिए। उनीहरुसँग सोधपुछ गर्दा लागुऔषध सेवन गर्ने र बेचबिखन गर्न राखेको खुलेको प्रहरीको भनाई छ।
यस्तै, संघीय र ईलाका प्रहरीको टोलीले साढे ५ बजे वडा नं १२ स्थित चतरालाइनस्थित उपमहानगरपालिका गेट अगाडिबाट थप एक जना ब्राउन सुगरसहित पक्राउ गरेको थियो। उनलाई शंका लागेर तलासी लिदा पाइन्टको गोजीमा लुकाएको ४ ग्राम ब्राउन सुगर भेटिए पछि धरान १९ का २६ वर्षीय जनम मगर पक्राउ परेका हुन्।
प्रारम्भिक सोधपुछ गर्दा उनी पनि लागुऔषध सेवन गर्ने गरेको र उक्त ब्राउन सुगर बिक्री गर्न ल्याएको खुलेको प्रहरीले जनाएको छ। यसैगरि, प्रहरी टोलीले आइतबार बेलुकी ६ बजे धरान ३ बाट २ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ। भानुस्मृति मार्गमा हिडिरहेका सारन खड्गी सुरुमा ब्राउन सुगरसहित पक्राउ परेका थिए। उनको साथबाट ७ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका खड्गीलाई सोधपुछ गर्दा उनले उक्त ब्राउन सुगर धरान ३ का २२ वर्षीय राजिव मगरसँग खरीद गरेको वयान दिएपछि मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३घ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।