गृहपृष्ठ Featured पाकिस्तानमा चर्चमा प्राथना गरेर फर्किरहेका पादरीमाथि गोली हानी हत्या

पाकिस्तानमा चर्चमा प्राथना गरेर फर्किरहेका पादरीमाथि गोली हानी हत्या

प्रकाशित मिति:

पाकिस्तानमा चर्चमा प्राथना गरेर फर्किरहेका पादरी (ईसाई धर्मगुरु) माथि गोली हानी हत्या गरिएको छ । पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरमा आइतबार प्राथना गरेर फर्किरहेका पादरीमाथि गोली हानी हत्या गरिएको हो । सो घटना पेशावरस्थित गुलबहारमा भएको हो ।

बन्दुकधारीहरुले पादरी विलियम सिरजको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । बन्दुकधारीको गोली लागि अन्य क्रिस्चियन धर्मावलम्बीहरु पनि घाइते भएको बताइएको छ । सो घटनापछि स्थानीय प्रहरीले सूचनाको आधारमा छानविन सुरु गरेको थियो । यद्यपि, हमलाकारहरुबारे हालसम्म कुनै जानकारी नमिलेको प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी हालसम्म कुनैपनि समूहले नलिएको बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सो घटनाको निन्दा गरेका छन् । सन् २०१७ को जनगणनाअनुसार ईसाई पाकिस्तानको सबैभन्दा दोस्रो ठूलो धार्मिक अल्पसंख्यक समुदाय हो । यसअघि सन् २०१३ मा पेशावरमा आइतबारको प्राथनासभाको क्रममा भएको आत्मघाती हमलामा परी ७८ जनाले ज्यान गुमाएका थिए ।

सम्बन्धित् समाचार