गृहपृष्ठ Featured पाकिस्तानमा चर्चमा प्राथना गरेर फर्किरहेका पादरीमाथि गोली हानी हत्या

पाकिस्तानमा चर्चमा प्राथना गरेर फर्किरहेका पादरीमाथि गोली हानी हत्या

पाकिस्तानमा चर्चमा प्राथना गरेर फर्किरहेका पादरी (ईसाई धर्मगुरु) माथि गोली हानी हत्या गरिएको छ । पाकिस्तानको उत्तरपश्चिम सहर पेशावरमा आइतबार प्राथना गरेर फर्किरहेका पादरीमाथि गोली हानी हत्या गरिएको हो । सो घटना पेशावरस्थित गुलबहारमा भएको हो ।

बन्दुकधारीहरुले पादरी विलियम सिरजको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । बन्दुकधारीको गोली लागि अन्य क्रिस्चियन धर्मावलम्बीहरु पनि घाइते भएको बताइएको छ । सो घटनापछि स्थानीय प्रहरीले सूचनाको आधारमा छानविन सुरु गरेको थियो । यद्यपि, हमलाकारहरुबारे हालसम्म कुनै जानकारी नमिलेको प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी हालसम्म कुनैपनि समूहले नलिएको बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सो घटनाको निन्दा गरेका छन् । सन् २०१७ को जनगणनाअनुसार ईसाई पाकिस्तानको सबैभन्दा दोस्रो ठूलो धार्मिक अल्पसंख्यक समुदाय हो । यसअघि सन् २०१३ मा पेशावरमा आइतबारको प्राथनासभाको क्रममा भएको आत्मघाती हमलामा परी ७८ जनाले ज्यान गुमाएका थिए ।

सम्बन्धित् समाचार