गृहपृष्ठ Featured विदेशीको दबाबमा एमसीसी पास गरे राष्ट्रघाती : भीम रावल

विदेशीको दबाबमा एमसीसी पास गरे राष्ट्रघाती : भीम रावल

प्रकाशित मिति:

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि पाँच वर्ष पुगेपछि निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार निर्वाचन गर्नुपर्नेमा जोड दिए । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले कानुन र संविधानको अपव्याख्या गरेर जनताको लोकतान्त्रिक अभ्यासलाई कुण्ठित गराउनु नहुने बताए ।

नेपालजस्तो मुलुक स्वतन्त्र परराष्ट्र नीतिमार्फत हिँड्नुपर्नेमा रावलले जोड दिए । नेता रावलले नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाएको स्मरण गराए । प्रधानमन्त्रीले वा दलका नेताहरुले विदेशीको दबाब सुनेर एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने उनको टिप्पणी छ ।

उनले आफूले संसद्मा एमसीसी प्रस्तुत भए आफूले उक्त प्रस्तावको विरुद्धमा मतदान गर्ने पनि स्पष्ट पारे ।

सम्बन्धित् समाचार