गृहपृष्ठ Featured बाणगंगा- १ ले बाढ्यो एक सय ३० परिवारलाई सिरक : विपन्न परिवार खुशी

बाणगंगा- १ ले बाढ्यो एक सय ३० परिवारलाई सिरक : विपन्न परिवार खुशी

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१ मा पिछडिएका गरिब तथा विपन्न परिवारलाई फाईबरको सिरक वितरण गरिएको छ । वडा नं.१ ले सोमबार एक कार्यक्रमका बीच पिछडिएका गरिब तथा विपन्न एक सय ३० परिवारलाई फाईबरको सिरक वितरण गरेको हो ।

जाडोले विशेष गरि गरिब तथा विपन्न परिवारलाई समस्या निम्ताउने भएकाले उनीहरुको आवश्यतालाई मध्येनजर गरेर वडाले सिरक वितरण गरेको वडाध्यक्ष बालकुमारी पन्थ अधिकारीले बताउनुभयो । बालबालिका तथा वृद्धवृद्धाहरु जोडोले कठाङ्रिएर बस्नुपर्ने बाध्यताको अन्त्यका लागी यस्ता कार्यक्रमले सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । विगतका बर्षहरुमा पनि लक्षित वर्गको कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रम गर्दै आएको उहाँले स्मरण गराउनुभयो । वडाले सदैव सम्पूर्ण वडावासीको हितको लागी काम गर्दै आएको र यसले गरिब तथा विपन्न परिवारले पनि वडा भएको अनुभूति गरेको उहाँले दाबी गर्नुभयो ।

बढ्दो जाडोले पिछडिएका गरिब तथा विपन्न परिवारको दैनिक जीवन प्रभावित हुदैं आएकोमा वडाले यस्ता कार्यक्रम गर्नु सकारात्मक काम भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो । उहाँले आगामी दिनमा पनि गरिब, विपन्न परिवारको अवस्थालाई बुझेर वडाले काम गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै वडा सदस्य झलक मल्ल, समाजसेवी मनिराम शर्मा, उपभोक्ता समितिका कृष्ण चालिसे, सुमन क्षेत्री, अञ्जना पहराई लगायतको उपस्थितिमा पिछडिएका गरिब तथा विपन्न परिवारलाई फाईबरको सिरक वितरण गर्ने कार्यक्रम सम्पन्न भएको वडा सचिव गोबिन्द आर्चायले जानकारी  दिनुभयो ।

सम्बन्धित् समाचार