गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा मंगलबार बजार बन्द गर्ने निर्णय यथावत

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा मंगलबार बजार बन्द गर्ने निर्णय यथावत

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तु उद्योग बाणिज्य संघले मंगलबार बजार बन्द गर्ने निर्णय यथावत रहेको जनाएको छ । बजार बन्द गर्ने बारका बारेमा बजारमा केही अनावश्यक होहल्ला चलेको भन्दै संघले मंगलबार बजार बन्द गर्ने निर्णय यथावत रहेको जनाएको हो । संघका विभिन्न क्षेत्रगत उपसमितिमा मंगलबार बाहेक अन्य बारमा बजार बन्द गर्न माग आएपछि अहिले बजारमा बजार बन्द गर्ने बारको विषय चर्चामा आएको छ ।

संघका अध्यक्ष डोलकराम घिमिरेले विभिन्न किसिमका होहल्लाका पछाडि नलागी मंगलबार नै बजार बन्द गर्न आग्रह गरे । विभिन्न क्षेत्रगत उपसमितिसंग थप छलफल गरि आवश्यक निर्णय गरिने संघका वरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले बताए । उनले व्यवसायीको हकहितको पक्षमा संघ सदैव रहेको र आगामी दिनमा पनि सबैको मागलाई समेट्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित् समाचार