गृहपृष्ठ Featured सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं : लगातार चार दिनदेखि ओरोलो लागेको सुनको मूल्यमा मंगलबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य तोलामा एकसय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । सोमबार ९१ हजार ८ सयमा छापावाल ९१ हजार ३ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँमा स्थिर छ ।

सम्बन्धित् समाचार