गृहपृष्ठ Featured माग सम्बोधन नभएसम्म एमाले कुनै एजेन्डामा सहभागी हुँदैन : शंकर पोखरेल

माग सम्बोधन नभएसम्म एमाले कुनै एजेन्डामा सहभागी हुँदैन : शंकर पोखरेल

प्रकाशित मिति:

काठमाडौँ : एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म अन्य एजेन्डामा सहभागी नहुने स्पष्ट पारेका छन् ।

एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० संसदबाट अनुमोदन गराउन सहयोग गर्ने चर्चा चलिरहेका बेला पोखरेलले यसबारे धारणा सार्वजनिक गरेका हुन् ।

एमाले महासचिव पोखरेलले यो चर्चालाई भ्रम भनेर टिप्पणी गरेका छन् । “जबसम्म प्रतिनिधिसभाको अवरोधका विषयमा नेकपा ९एमाले०को मागको सम्बोधन हुँदैन, तबसम्म अन्य एजेन्डामा सहभागी हुने कुरा छैन । भ्रम नछरौँ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सम्बन्धित् समाचार