गृहपृष्ठ Featured १९ वर्षमुनिको विश्वकप क्रिकेट : दोस्रो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै

१९ वर्षमुनिको विश्वकप क्रिकेट : दोस्रो सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै

काठमाण्डौ : १९ वर्षमुनिको विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । खेल बेलुका पौने ७ बजे वेष्ट इन्डिजको मैदानमा हुनेछ ।

क्वाटरफाइनलमा भारतले बंगलादेशलाई र अस्ट्रेलियाले पाकिस्तानलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् । आजको विजेता टोलीले शनिबार हुने फाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड २४ वर्षपछि फाइनलमा पुगेको छ । इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हरायो ।

डकवर्थ लेविस पद्धतिको आधारमा २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ४७ ओभरमा ९ विकेट गुमाउँदै २ सय १५ रन बनायो । हारपछि अफगानिस्तान पहिलो पटक फाइनलमा पुग्नबाट बञ्चित भयो । अहिलेसम्म भारतले सर्वाधिक ४ पटक र अस्ट्रेलियाले तीन पटक १९ वर्षमुनिको विश्वकप जितेका छन् ।

 

सम्बन्धित् समाचार