गृहपृष्ठ Featured सभामुखविरुद्ध कांग्रेसले महाअभियोग ल्याए एमालेले सहयोग गर्छ : टोपबहादुर रायमाझी

सभामुखविरुद्ध कांग्रेसले महाअभियोग ल्याए एमालेले सहयोग गर्छ : टोपबहादुर रायमाझी

प्रकाशित मिति:

काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझीले संसदबाट एमसीसी पास गर्न सभामुखले वातावरण नबनाए सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याउनुपर्ने बताएका हुन्।

‘एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौँ’ उनले भने।

उनले सभामुख विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए।

एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताए।

सम्बन्धित् समाचार