गृहपृष्ठ Featured जापानले पूर्वपतिलाई सन्तानको पिता बनाउने कानुन परिमार्जन गर्दै

जापानले पूर्वपतिलाई सन्तानको पिता बनाउने कानुन परिमार्जन गर्दै

प्रकाशित मिति:

जापान सरकारले पूर्वपतिलाई सन्तानको पिता बनाउने कानुनलाई परिमार्जन गर्ने भएको छ । सरकारले १९ औं शताब्दीमा बनेको सो कानुन परिमार्जन गर्ने भएको हो । सो कानुनअनुसार महिलाको पूर्व पतिलाई सन्तानको जन्मदर्ता प्रमाणपत्रमा पिताको रुपमा राख्न पाइने प्रचलन थियो ।

दम्पतीबीच सम्बन्धविच्छेद भएको करिब ३ सय दिन भित्रमा यदि सन्तानको जन्म भएमा स्वतह महिलाको पूर्वपतिलाई सन्तानको पिताको रुपमा राख्न पाउने कानुन थियो । तर, हाल सो कानुन मान्य नहुने भन्दै सरकार पक्षले यस हप्ता सो कानुन परिमार्जन गर्न सिफारिस गरेको थियो ।

रिमार्जन गर्न सिफारिस गरिएको कानुनअनुसार सम्बन्ध विच्छेद गरेका महिलाले १ सय दिनभित्रमा अर्को बिहे गर्न पाउने र सो समयावधिभित्र सन्तान जन्मिएमा नयाँ पतिलाई बच्चाको पिताको रुपमा राख्न पाउनेछन् । यद्यपि, एकल सम्बन्धन विच्छेद गरेका महिलाले भने पूर्वपतिलाई नै सन्तानको पिताको रुपमा राख्न पाउने कानुनलाई नै निरन्तरता दिने बताइएको छ ।

सम्बन्धित् समाचार